रुस प्रजातान्त्रिक विश्व निर्माण गर्दैछ : पुटिन
baahrakhari.com · Tue Aug 16 18:03:00 GMT 2022
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिम जगत्ले ‘रुस विरोधी’ परियोजना निर्माण गर्दै आफ्ना जनताको ध्यान अर्कैतिर मोड्न विश्वभरि द्वन्द्व चर्काइरहेका बेला रुसले भने त्यसको विपरीत ‘प्रजातान्त्रिक विश्व’को निर्माण गरिरहेको बताएका छन् ।
रुसी सरकारी समाचार संस्था तास र लात्भियास्थित रुसी मिडिया आउटलेट मेदुजाले अन्तर्राष्ट्रिय सुरक्षामाथिको मस्को सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति पुटिनले सो विचार व्यक्त गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)