विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना
deshsanchar.com · Wed Jul 10 17:15:57 UTC 2024

खोटाङ – मनसुनजन्य विपद् न्यूनीकरण एवं प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ। सम्भावित घटनाका पीडितको उद्धार र राहत वितरण प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो।
मनसुनजन्य विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी बनाउन सहायता कक्षको भूमिका महत्वपूर्ण हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। “विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ। यो समितिले विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्छ”, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)