चारवटा ट्रकसहित ३२ लाखबढीको काठ नियन्त्रणमा
ratopati.com · Wed Jul 10 17:17:00 UTC 2024

धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । आज रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।
रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)