मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करोडौंको मेसिन थन्काएर नयाँ खरिद गर्न खोजेको भन्दै रेडक्रसविरुद्ध अख्तियारमा उजुरी

ekantipur.com · Wed Jul 10 17:30:54 UTC 2024

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले करोडौं मूल्य पर्ने रगत जाँच गर्ने किलिया मेसिन थन्काएर अर्को नयाँ खरिद गर्न खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वेभ ट्रेडिङ कन्सर्नले रेडक्रसले दुई करोड रुपैयाँ पर्ने मेसिन थन्क्याएर अर्को नयाँ ल्याउन लागेको भन्दै उजुरी दिएको हो।

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले नेपाल रेडक्रसलाई उपलब्ध गराएको दुई वटा किलिया मेसिन थन्काएर रेडक्रसले व्यापारीसँगको सेटिङमा नयाँ मेसिन ल्याउन लागेको उजुरीमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)