मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साहस उर्जाको ७० लाख कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने

arthasansar.com

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) मा आज असोज ६ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)