मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

तीन सर्जकका पुस्तकलाई पुरस्कार

baahrakhari.com · Tue Jun 30 03:21:47 GMT 2026

काठमाडौं । डिजिटल साहित्यिक पोर्टल साहित्यपोस्टले २०८२ सालको तीन कृतिलाई पुरस्कृत गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा काव्य, आख्यान र गैरआख्यान गरी तीन कृतिलाई पुरस्कृत गरेको हो ।

जसअनुसार आख्यानतर्फ खगेन्द्र गिरीको कथाकृति ‘भग्न प्रेमशाला’, काव्यतर्फ अस्मिता विष्टको कविताकृति ‘ब्ल्याकहोलमा गीतहरू’ र गैरआख्यानतर्फ विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’लाई नगद राशि जनही ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)