मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढल खन्दा भेटियो लिच्छविकालीन शिलालेख

ekantipur.com · Thu Dec 23 01:06:30 GMT 2021

ललितपुर — ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।

शिरो भागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ । शिलालेखको लम्बाइ करिब ६ फिट लामो भए पनि अभिलेख कुँदिएको भागको नाप ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइ रहेको छ । ‘लिच्छविकालीन अभिलेख पूरै अध्ययन गर्न सकिएको छैन तर यसमा अंशुवर्मा र राजा वृषदेवको नाम प्रस्ट रूपमा उल्लेख छ,’ लिपिविद् राजवंशीले भने, ‘शिलालेखले पाटन क्षेत्र विहार थियो भन्ने प्रस्ट पार्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)