बिना कारण रिस उठ्ने गरेको भन्दै अपरिचित युवतीको फेक आईडी बनाएर तनाव दिने युवक विरुद्ध मुद्दा
techpana.com · Sun Aug 09 10:10:36 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एक युवतीको नाममा नक्कली प्रोफाइल बनाई अश्लील सामग्री पोस्ट गरेर चरित्रहत्या गरेको अभियोगमा सिराहाका ३१ वर्षीय रवि कर्ण विरुद्ध पक्राउ परेका छन् । आवश्यक अनुसन्धान समेत पुरा गरी उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा समेत दायर गरिएको छ ।
जीओ अटोमोबाइल्स प्रालिमा फाइनान्स अफिसरका रूपमा कार्यरत कर्णले पीडित युवतीको तस्बिर र भिडिओ दुरुपयोग गर्दै मानसिक यातना दिएको आरोप छ । सरकारी वकिल कार्यालय काठमाडौंले कर्णलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम सजाय र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै अभियोग पत्र दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)