मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

नवरात्रमा पाल्पाको भैरवस्थानमा भक्तजनको भीड

ekantipur.com · Thu Oct 14 02:06:29 GMT 2021

पाल्पा — अघिल्लो वर्ष दसैंमा मन्दिर जान नपाएहरुका कारण पनि यसवर्ष पाल्पाका मन्दिर, कोतघरलगायत देवीका मन्दिरमा भीड बढेको छ । घटस्थापनादेखि पाल्पाको भैरवस्थान मन्दिरमा दैनिक सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन् । हिन्दू धर्मालम्बीहरुको आस्थाको धरोहरका रुपमा यसलाई चिनिन्छ । आफ्नो मनोकांक्षा पूरा होस् र पूरा भएपछि रोट, बलि, पञ्चबलि चढाउने गरिएको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)