मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

barnanmedia.com · Sat Oct 10 23:43:42 GMT 2026

वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचले उहाँले पाँच वर्षअघि बाख्रापालन सुरु गर्नुभएको हो । अहिले बाख्रापालन उहाँको आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आउनुभएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)