शिक्षकले खोरियामा थालेको खेती किन अहिले मन्थलीदेखि काठमाडौंसम्म चर्चामा छ?
kalakarmi.com · Sun Aug 09 10:20:20 GMT 2026

रामेछाप- दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान र साँझपख आफ्नै बारीमा पसिना बगाउने दैनिकी । पेशाले शिक्षक भएपनि दिलबहादुर अछामीको परिचय अहिले कक्षाकोठाभन्दा बाहिरसम्म फैलिएको छ-एक सफल र अब्बल कृषकका रूपमा ।
मन्थली नगरपालिका–७, भटौलीको आसिखेत स्थित खरहेको छेउमा रहेकाउ उनको पाखोबारी केही वर्षअघिसम्म सामान्य खोरियाभन्दा फरक थिएन । खहरेको बगरछेउमा रहेको जमिनको खासै उपयोग थिएन । त्यतिकै काल्ना र बुट्यान थिए । तर, तीन वर्षअघि अछामीले त्यही जमिनको स्वरूप बदल्ने अठोट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)