इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान
tourismface.com · Sun Aug 09 10:25:26 GMT 2026

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने ।
पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् । उनले भने, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)