८ महिनापछि देउवाको स्वदेश आगमन र जलेका डलरमा अमेरिकी चासो
nepalpress.com · Sun Aug 09 10:27:51 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब आठ महिना लामो विदेश बसाइपछि नेपाल फर्किँदै छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि कात्तिक १० गते सिंगापुर पुगे ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुने गरी कुटिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएर सिंगापुर पुगे । सिंगापुर पुगेपछि विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्वीलचेयरमा देखिए । उनीहरू स्वास्थ्य उपचारका लागि गएको बताइए पनि सुरक्षा तथा पारिवारिक कारणले उनीहरूले उपचार गराएको भनिएको अस्पतालको नाम भने गोप्य राखियो । उनीहरू स्वास्थ्य लाभ गरी केही समयपछि हङकङतर्फ गए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)