नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न विस्फोटको तयारी
gorkhapatraonline.com · Wed Feb 15 00:58:51 GMT 2023
शान्ता अधिकारी
चितवन, फागुन ३ गते । निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जीखोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको तयारी गरिएको हो। उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)