अब स्वस्थ मासु मात्र भान्सामा
gorkhapatraonline.com · Sat Oct 10 23:59:26 GMT 2026

चाडपर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्रायः उस्तै हुन्छ । पसल पुग्ने, रोज्ने र बिक्रेताले भनेकै भरमा किन्ने तर एक किलोको १६ सय रुपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्रायः गर्दैनन् । अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ । सरकारले प्रत्येक प्रकारको मासुमा छुट्टाछुट्टै पहिचान चिह्न र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाणसहित थाहा पाउने भएका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब एक लाख कुखुरा, ४५० वटा राँगाभैँसी, एक हजार १५० खसीबाख्रा तथा ३५० भन्दा बढी सुँगुरबङ्गुर वध हुने गरेको पशु सेवा विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)