बेसहारा पशु उद्धार र उपचार गरेर सामाजिक सञ्जालमा चर्चित बनेका इरफानले छाडे पशु कल्याणको काम
techpana.com · Sun Aug 09 10:42:17 GMT 2026

काठमाडौं । सडकमा घाइते कुकुरको उद्धार र उपचार गरेर सामाजिक सञ्जालमा चर्चा कमाएका इरफान खानले पशु कल्याण अभियानबाट विश्राम लिने घोषणा गरेका छन् । शनिबार फेसबुकमा एक लामो पोस्ट राख्दै उनले विगत पाँच वर्षदेखि गर्दै आएको यो काम छाड्न लागेको जानकारी दिएका हुन् । यसरी काम छाड्नुको मुख्य कारण आफ्नो शारीरिक र मानसिक अवस्था रहेको उनले बताएका छन् ।
पछिल्लो पाँच वर्षसम्म जनावरको उद्धार, उपचार, आहार र उनीहरूको जीवन रक्षाका लागि वकालत गरेको स्मरण गर्दै खानले यसलाई आफ्नो जीवनको सबैभन्दा कठिन तर सुन्दर अध्याय भनेका छन् । यो अवधिमा जति पनि जनावरको ज्यान बचाएका घटना छन्, त्यसमा आफूलाई गर्व रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)