स्की संघले पारित गर्यो ३४ लाख ८० हजार रुपैयाँको बजेट
ratopati.com · Sun Aug 09 10:52:02 GMT 2026
काठमाडौँ । नेपाल स्की संघको सातौँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपैयाँको वार्षिक बजेट पारित गरेको छ । आइतबार सम्पन्न संघको बन्द सत्रले राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।
संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न बन्द सत्रले उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)