मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी प्रदेशमा वर्षा हुने र तराईमा हुस्सु लाग्ने

kendrabindu.com · Sun Oct 11 00:26:15 GMT 2026

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। साथै कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)