भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो
ratopati.com · Sun Aug 09 11:01:10 GMT 2026

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-९ का बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलालाई नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ । “असार-साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले उठिबास लगाउने चिन्ताले सताउँथ्यो । तर, यो वर्षको वर्षायाम भने ढकेरीबासीका लागि फरक हुने भएको छ”, ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले भने, “दशकौँदेखि स्थानीयलाई सास्ती दिँदै आएको भक्ताखोलालाई अन्ततः इञ्जिनियरिङ र बलियो स्थानीय इच्छाशक्तिको बलमा बस्तीभन्दा टाढा, जङ्गल क्षेत्रमा थुनेर नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।”
राप्ती सोनारी-९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ, ढकेरी र पम्पबजारलाई प्रत्येक वर्ष कटान र डुबान गर्दै आएको भक्ताखोलाले अब समस्या नदिने बताउँदै खनालले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)