नेपालयले सार्वजनिक गर्यो २५ वर्षमुनिका ७५ लेखकका रचना
kendrabindu.com · Sun Aug 09 11:03:46 GMT 2026

काठमाडौं। शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरू किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज ।’
गत वर्ष नेपालयले २५ वर्षमुनिका लेखकबाट कथा, कविता, निबन्ध (ककनि) आह्वान गरेको थियो । छानिएका ७५ लेखकका रचना शनिबार लोकार्पण हुँदै थियो । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकारको जमघटले नेपालयको आँगनमा नयाँ स्वरहरूको सृजनशील लहर ल्याइदिएको थियो । यति सानै उमेरमा लेखक बन्न पाइयो भनेर उनीहरू आपसमा बधाई साटिरहेका थिए । ह्वाइट केनमा आएका थिए, छनौटमा परेका कवि आर्य निरौला । धरानका उनी काठमाडौँमा मनोविज्ञानमा स्नातक अध्ययनरत छन् । उनी भन्दै थिए, ‘मैले यस्तो प्लाटफर्म पाएँ जो असम्भव थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)