युद्धपछि सुरु हुने अन्धकारको कथा : ‘द एज अफ डार्कनेस’
himalpress.com · Sun Aug 09 11:01:37 GMT 2026

काठमाडौँ- काठमाडौँस्थित मण्डला थिएटरमा युद्धको विनाश, मानवीय शोक, प्रतिशोध र नैतिक पतनको कथा बोकेको नाटक ‘द एज अफ डार्कनेस’ मञ्चन भइरहेको छ। साउन २२ गतेदेखि सुरु भएको नाटक भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।
महाभारतको युद्ध सकिएको १८औँ दिनपछिको विनाश र शून्यतालाई नाटकले आफ्नो कथाको केन्द्रमा राखेको छ। युद्ध सकिए पनि त्यसले छाडेको पीडा, शोक, प्रतिशोध र नैतिक संकट भने समाप्त नभएको अवस्था नाटकले प्रस्तुत गर्छ। विजय हासिल गर्ने पक्ष होस् वा पराजित हुने पक्ष, युद्धले अन्ततः दुवैलाई कुनै न कुनै रूपमा क्षति पुर्याउँछ भन्ने भाव नाटकमा देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)