सुरक्षा र सुशासनमा वालेटहरूको गम्भीर लापरवाही, राष्ट्र बैंकको अनुगमनमा भेटिए यस्ता कैफियत
clickmandu.com · Sun Aug 09 11:00:59 GMT 2026

काठमाडौं । भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूमा गम्भीर कानुनी र प्राविधिक कमजोरीहरू रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आर्थिक वर्ष २०८१/८२ मा गरेको स्थलगत निरीक्षणले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूले न्यूनतम नियामकीय मापदण्ड समेत पालना नगरेको पाइएको हो।
१६ वटा संस्थाहरूमा भएको आवधिक, एउटा संस्थामा भएको विशेष र ६ वटा बैंक तथा वित्तीय संस्थाको आरटिजीएस प्रणालीको निरीक्षण गर्दा अधिकांश संस्थाहरूले न्यूनतम मापदण्ड समेत पालना नगरेको राष्ट्र बैंकको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट’ मा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)