न्यायाधीशविरुद्ध १५० उजुरी थाती, टुंगो लागेपछि मात्रै नियुक्ति
baahrakhari.com · Sun Aug 09 11:10:16 GMT 2026

काठमाडौं । न्याय परिषद्ले न्यायाधीशविरुद्ध परेका १३५ उजुरीमा कारबाही नहुने गरी टुंगो लगाएको छ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा नेतृत्वको परिषद् बैठकले पछिल्लो समय जिल्ला र उच्च अदालतका न्यायाधीशविरुद्ध परेका १९ थान उजुरी किनारा लगाएको छ । परिषद्का निमित्त सचिव रामप्रसाद भट्टराईले दिएको जानकारीअनुसार गत बिहीबार (साउन २१) बसेको परिषद् बैठकमा न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल भएको जानकारी दिए ।
कुल २८६ उजुरीमध्ये अघिल्लो बैठकले ११६ उजुरीमाथि कारबाही नहुने गरी तामेलीमा पठाएको थियो । परिषद्मा बाँकी १६९ थान उजुरीमध्ये १९ थानको टुंगो लागेपछि अब न्यायाधीशविरुद्ध १५० उजुरी थाती छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)