नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
canadanepal.com · Sun Oct 11 00:38:19 GMT 2026

काठमाडौँ - नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यससँगै शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना र जमरा राख्ने कार्य सुरु हुन्छ।