मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचारको दलदल

annapurnapost.com · Sun Feb 12 00:56:08 GMT 2023

उजुरी आफैंमा भ्रष्टाचारको दसी होइन। तर उजुरी दिनु भनेको भ्रष्टाचारविरुद्ध सचेतना बढेको संकेत भने पक्कै हो। बेथिति बढेको संकेत पनि हो। त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा २०७९-८० को साउनयता उजुरी दिनेको संख्या अत्यधिक बढ्नुलाई त्यसै रूपमा बुझ्न सकिन्छ। अख्तियारका अनुसार साउनयता मात्रै ९ हजार ५ सय १३ उजुरी आयोगमा दर्ता भएका छन्।

अख्तियारलाई स्टिङ अप्रेसनमा रोक लगाइएको छ, त्यसो हुँदैनथ्यो भने झन् धेरै उजुरी पर्न सक्थे। अख्तियारको ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रमुख आयुक्त प्रेम राईले दिएको जानकारीले पनि नेपालमा व्याप्त भ्रष्टाचारको चित्रण गर्छ। उनकै भनाइअनुसार भ्रष्टाचार स्थानीय तहमा धेरै छ। नीति, नियम र विधि, विधान नमान्ने प्रवृत्ति स्थानीय तहमा अत्यधिक हुनु नै भ्रष्टाचारको एउटा कारण छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)