डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु
onlinekhabar.com · Tue Nov 08 23:11:34 GMT 2022
२३ कात्तिक, धनगढी । डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ ।
बुधबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किएर तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)