बिर्तामोडमा अटो र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु
annapurnapost.com · Sun Aug 09 11:34:11 GMT 2026

झापा : झापाको बिर्तामोडमा अटो र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।
बिर्तामोड नगरपालिका-२ बाह्रकोटी गाउँस्थित चैतुबारी–राजगढ भित्री पक्की सडक खण्डमा आज बिहान भामटोलीबाट बिर्तासिटी अस्पतालतर्फ जाँदै गरेको मे १ ह ३८४२ नम्बरको अटोले विपरीत दिशाबाट जाँदै गरेको मे १ त ७१५३ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)