ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : ग्यास उद्योग सङ्घ
ratopati.com · Sun Aug 09 11:43:22 GMT 2026

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो ।
“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन”, सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)