नेपालीको महान् पर्व बडादसैँ सुरु, शैलपुत्रीको पूजा र जमरा राखेर आज घटस्थापना गरिँदै
aarthiknews.com

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिँदैछ।