सत्तारुढ दलमा सहमति, मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै
annapurnapost.com · Tue Jan 17 00:29:00 GMT 2023
काठमाडौं : सरकार बनेको तीन सातापछि सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा मिलेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार अबेर मन्त्रीहरूको भागबन्डा टुंग्याएको हो।
रास्वपाका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको भागबन्डा टुंगिएको बताए। उनले नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो शपथग्रहण गर्ने बताए। ‘मंगलबार १ बजे शपथग्रहण अगाडि दलहरूले आन्तरिक छलफल गर्ने भएकाले मन्त्रालय भागबन्डाको औपचारिक जानकारी दिन म असमर्थ छु,’ उनले भने। यद्यपि अब मन्त्रालय बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक नबस्ने लामिछानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)