नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
nepalnews.com · Sun Oct 11 01:23:43 GMT 2026

कञ्चनपुर। दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ।
भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपाली चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपाली दसैँ मनाउन घर फर्किने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)