बाँझो बारीमा लटरम्म किवी
gorkhapatraonline.com · Sun Oct 11 01:22:28 GMT 2026

कुनै समय खेतीपातीबाट आम्दानी नहुने भन्दै बाँझै छाडिएको अर्घाखाँचीको मालारानी गाउँपालिका–९, गोखुङ्गाको कालुकाठेमा अहिले किवीका बोट लटरम्म फलेका छन् । बाँझो पाखोमा सुरु गरिएको किवी खेती व्यावसायिक उत्पादनमा परिणत भएपछि स्थानीयमा गाउँमै कृषि उद्यम गर्न सकिन्छ भन्ने विश्वाससमेत बढेको छ ।
स्थायी शिक्षकको जागिर छाडेर राजनीति, होटेल तथा यातायात व्यवसायमा संलग्न रहेका पदम क्षेत्रीले छ वर्षअघि कालुकाठेमा किवी खेती सुरु गर्नुभएको हो । उहाँले ४१ रोपनी जग्गा खरिद गरी स्थानीय कृष्ण पौडेल र जीवलाल पौडेललाई साझेदार बनाएर मालारानी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)