भारतीय सेलिब्रेटीमा युट्युब मोह, सलमान खान बने युट्युबर
kendrabindu.com · Sun Oct 11 01:20:38 GMT 2026

काठमाडौं । उमेरले ६० टेकेका सलमान खानको फिल्मी करिअर नै झन्डै ४० वर्ष पुग्न लाग्यो । सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ मा सहायक भूमिकामा खेल्दै फिल्म क्षेत्रमा छिरेका उनी अहिले बलिउडका ‘भाइजान’ हुन् । अभिनयका साथसाथै उनले सन् २०११ मा ‘चिल्लर पार्टी’ आफ्नै प्रोडक्सन कम्पनी ‘सलमान खान फिल्मस्’ बाट ल्याउँदै निर्माणमा पनि हात हाले ।
सन् २००७ देखि नै ‘बिइंग ह्युमन–द सलमान खान फाउन्डेसन’ बाट स्वास्थ्य र शिक्षाको क्षेत्रमा परोपकारी काम गर्दै आएका छन् । एकपछि अर्को ब्लकबस्टर्स फिल्म दिंदै आएका सलमानको कुल सम्पत्ति लगभग ३ हजार करोड भारु रहेको बताईन्छ । फिल्म अभिनय, आफ्नै फेसन ब्रान्ड ‘बिइङ ह्युमन’ को बिक्री वितरण, कार्यक्रम संचालनदेखि ब्रान्ड एम्बेसडर र विज्ञापन खेलेरै अकुत सम्पत्ति जोडिसकेका सलमानले जीवनको उत्तरार्द्धमा युट्युब च्यानल खोलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)