मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा टोटनहमसँग म्यानचेस्टर युनाइटेडको बराबरी

kendrabindu.com · Sun Oct 11 01:30:31 GMT 2026

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनहमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको इन्जुरी समयमा डोमिनिक सोलान्केले गोल गरेपछि १० खेलाडीमा सीमित टोटनहमले ओल्ड ट्राफोर्डमा एक अंक जोडेको हो ।

खेलको ७३औँ मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । टोटेनहमले खेलभरि गोलका धेरै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । रोड्रिगो बेन्टानकुरले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै युनाइटेडले अग्रता जोगाउने प्रयास गरे पनि अन्तिम समयमा गोल बेहोर्न पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)