साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु
baahrakhari.com · Sun Aug 09 12:08:03 GMT 2026

काठमाडौं । साइमेक्स इंक प्रा.लि. ले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ बीवाईडी ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ । यो अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जनाएको छ । यो अभियानले ग्राहक यात्राको प्रत्येक चरणमा ‘सुपेरियर र सिन्सियर सर्भिस’ उपलब्ध गराउने बीवाईडी नेपालको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)