बुढीगण्डकी बाढी : चुमनुब्री जगत क्षेत्रमा ७ वटा घर बगायो
kendrabindu.com · Sun Oct 11 01:38:37 GMT 2026

काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको बाढीले स्थानीय घर छाडेर भागेका छन् । बाढीले चुमनुब्री–३ घट्टेखोलाका घरहरू पनि बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
अहिले स्थानीय ज्यान जोगाउन घर छाडेर हिँडेको र क्षतिको विवरण आइनसकेको उनले बताइन् । चुम्चेतको उङ्गीलुङ खोलामा पहिरो खसेर नदी थुनिँदा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)