बूढीगण्डकीमा भीषण बाढी : माछिखोला बजारमा ठूलो क्षति, केरौंजा जाने झोलुङ्गे पुल बगायो
newsofnepal.com · Sun Oct 11 01:44:57 GMT 2026

गोरखा।
गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले केरौंजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत व्यापक क्षति पुगेको छ। नदीमा एक्कासि पानीको बहाव बढेपछि चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती तथा नदी आसपासका संरचनामा क्षति पुगेको हो। बाढीले माछिखोला बजारका संरचनामा ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)