कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी
ekantipur.com · Sun Nov 28 01:11:01 GMT 2021
पोखरा — कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पौडल पक्षका भट्टराई यसअघि जिल्ला सचिव थिए ।
शुक्रबार भएको मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच उम्मेदवारमध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि उत्कृष्ट दुई बीच शनिबार पुनः मतदान भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)