बुढीगण्डकीको लेदोसहितको बाढी : त्रिशुलीसम्मै जोखिम रहेको प्राधिकरणको भनाइ
corporatenepal.com · Sun Oct 11 01:40:31 GMT 2026

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीले नदीको तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेको भन्दै सम्बन्धित निकायले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाट क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ । उनले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)