काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित
ratopati.com · Wed Dec 10 22:45:47 GMT 2025

काभ्रेपलान्चोक । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा बुधबार ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।
समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यस पटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)