साउदी अरबको रियाद विमानस्थलमा क्षेप्यास्त्र आक्रमण, १२ जनाको मृत्यु, ३०९ घाइते
aarthiknews.com

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको साउदी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। आक्रमणपछि विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। अधिकारीहरूले घटनाबाट भएको भौतिक क्षतिको मूल्यांकन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)