धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा
reportersnepal.com · Sun Aug 09 12:29:23 GMT 2026
जनकपुरधाम, २४ साउन । मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक वर्ष २०८२र८३ मा ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार उक्त अवधिमा विद्यालय भवन, सडक, नाला, कल्भर्ट, सामुदायिक भवनलगायत संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुधिर साहका अनुसार तीन जिल्लामा १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । तीमध्ये सर्लाहीमा सात तथा धनुषा र महोत्तरीमा एकरएक वटा विद्यालय भवन निर्माण भएका हुन् । त्यसैगरी, धनुषा, महोत्तरी र सर्लाहीमा एकरएक वटा सामुदायिक भवन निर्माण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)