प्रतिदिन माग ५० किलो, आयात १० किलो मात्रै
ekantipur.com · Tue Nov 15 01:22:09 GMT 2022
काठमाडौँ — दसैं–तिहारलगत्तै प्रायः वर्षमा सुनका गरगहना देखाउन व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस पटक त्यति धेरै चहलपहल छैन । ग्राहक नआएका पनि होइनन् । बरु व्यवसायी पछिल्लो एक सातायता पसल कुर्नेभन्दा पनि नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा धाउन व्यस्त छन् ।
उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघका कार्यालयमा दिनहुँ धाइरहन्छन् । कारण हो, सुन अभाव । बिहेको सिजन सुरु भएसँगै सुनको प्रतिदिन माग ५० किलो छ । तर राष्ट्र बैंकले आयात गर्न पाउने कोटा १० किलो मात्रै तोकिदिएको छ । जसले गर्दा बजारमा चरम अभाव देखिएको व्यवसायी बताउँछन् । ‘मुलुकभर सुन अभाव छ । उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघमा सधैं डेलिगेसन आइरहेका छन्,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘व्यवसायीको माग सुनको कोटा बढाइदिनुपर्यो भन्ने नै हो । तर सरकारले सुन्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)