सूर्यकुमारको शतकका बाजुद भारत पराजित, ‘क्लिन स्विप’ बाट जोगियो इंग्ल्याण्ड
farakdhar.com · Mon Jul 11 00:47:20 GMT 2022
इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारत १७ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९८ रन बनायो । उसका लागि सूर्यकुमार यादवले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके ।
५५ बलको सामना गरेका उनले १४ चौका र ६ छक्कासहित ११७ रन बनाए । त्यस्तै, श्रेयस अय्यर २८, कप्तान रोहित शर्मा र विराट कोहली ११/११ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)