चुमनुब्रीकी उपाध्यक्ष भन्छिन्, ‘भोटेकोशीको झल्को दिनेगरी बाढी आएको छ’
ratopati.com · Sun Oct 11 02:05:40 GMT 2026

पोखरा । चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ । थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीहरूमा ठुलो विनाश निम्त्याएको छ ।
बाढीका कारण वडा नम्बर ३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा व्यापक क्षति पुगेको छ । बाढीले जगत बगरको नामनिसान नै मेटिदिएको छ भने घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवन समेत बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)