‘सरकारको काम गर्ने ढंग पुगेन, नियत ठिकै छ’
onlinekhabar.com · Sun Aug 09 12:36:36 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि २०७९ सम्म लगातार डडेलधुराबाट चुनाव जित्दै आए । गत २१ फागुनको प्रतिनिधिसभा चुनावमा उनले टिकट नै पाएनन् । कांग्रेसले उनको ठाउँमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनायो । तर महर पराजित भए । उनलाई रास्वपा उम्मेदवार डा. तारा जोशी ले पराजित गरेका थिए ।
लामो समय नेकपा एमालेको राजनीति गरेका जोशी केही समय तत्कालीन एकीकृत समाजवादीमा संलग्न रहे । २०७९ सालको चुनावमा तत्कालीन सत्ता गठबन्धनले डडेलधुरा प्रदेशसभामा टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेवार बनेका जोशी जित निकाल्न सफल रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)