साउदीको रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
rajdhanidaily.com · Sun Oct 11 02:13:33 GMT 2026

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन् ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)