इटालियन सिरी ‘ए’ मा नेपोलीको सहज जित
kendrabindu.com · Sun Oct 11 02:17:36 GMT 2026
काठमाडौं । मुटुको शल्यक्रियापछि मैदान बाहिर रहेका स्कटल्याण्डका स्टार मिडफिल्डर स्कट म्याकटोमिनेले इटालियन सिरी ‘ए’ मा नेपोलीका लागि पुनरागमन गरेका छन्। फ्रोसिनोविरुद्ध ३–० को सहज जित निकालेको खेलमा उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका हुन्।
स्टाडियो डिएगो आर्मान्डो म्याराडोना रंगशालामा भएको खेलको ६१ औं मिनेटमा डेभिड नेरेसको स्थानमा मैदान प्रवेश गरेका २९ वर्षीय म्याकटोमिनेलाई घरेलु दर्शकले ताली बजाएर भव्य स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)