चुमनुब्रीमा फेरि थुनियो बुढीगण्डकी, नदीमा छैन जलप्रवाह : प्रमुख प्रशासकीय अधिकृत
ratopati.com · Sun Oct 11 02:20:40 GMT 2026

गोरखा । चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ । १५ मिनेटदेखि नदीमा जलप्रवाह नदेखिएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेकाे छ । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)