दिल्लीमा ककरोचको आन्दोलन आज पनि जारी रहने
kendrabindu.com · Sun Oct 11 02:25:07 GMT 2026

काठमाडौ् । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आज पनि राजधानी दिल्लीमा विरोध प्रदर्शन जारी राख्ने भएको छ। सीजेपीका नेता अजिंक्य शिन्देले आज आइतबार बिहान १० बजे फेरि दिल्लीको जन्तरमन्तरमा आन्दोलन गरिने बताएका हुन्।
यसका लागि ठुलो संख्यामा जन्तरमन्तरमा भेला हुन उनले नागरिकहरूलाई अपिल पनि गरेका छन्। भिडिओमा सन्देशमा उनले भनेका छन्, ‘शनिबार हामी ज्ञानेश कुमार (प्रमुख निर्वाचन आयुक्त) ले खोसेका १२ करोड मतदाताको मतदान अधिकार माग्न जन्तरमन्तर गएका थियौँ। तैपनि मोदीको तानाशाही सरकारले अभिजित दीपके, सौरभ दास र आशुतोष रान्कालगायत सबै विद्यार्थी नेता र प्रदर्शनकारीलाई हिरासतमा राख्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)